१४ स्वास्थ्य स्वयंसेविका सम्मानित कोशी प्रदेश सरकारद्वारा

२०८० फाल्गुन ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१४ स्वास्थ्य स्वयंसेविका सम्मानित कोशी प्रदेश सरकारद्वारा

 

काठमाडौं : प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले  १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। सोमबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ जिल्लाबाट एक–एकजना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन्।

जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयंसेविकाहरूको खुट्टामा आफैँले जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गरे। स्वयंसेविकालाई प्रदेशको स्वास्थ्य मन्त्रालय अंकित चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो।

स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेपछि बोल्दै मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छोडेर अरूको सेवा गर्न दौडनेहरूलाई सम्मान गर्न पाउँदा गौरव महशुस भएको बताए।

त्यसअघि ७४ औं प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले विराटनगरमा प्रभातफेरिको आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय