
महिलाको शव फेला महाकाली नदी किनारमा
दार्चुलाको महाकाली नदी किनारमा एक जना महिला मृत फेला परेकी छन्।
प्रहरीका अनुसार महाकाली नगरपालिका वडा नम्बर ८ असिगडास्थित महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला शनिबार साँझ फेला परेको हो।
मृतक महिलाको पहिचान हुन सकेको छैन।
यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।