७ लाख ९८ हजार २ सय रूपैयाँ माओवादीले ३ दिनमा बचत गर्‍यो

२०८० फाल्गुन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७ लाख ९८ हजार २ सय रूपैयाँ माओवादीले ३ दिनमा बचत गर्‍यो

 

 

नेकपा (माओवादी केन्द्र) ले विधान अधिवेशन अवधिभर ७ लाख ९८ हजार २ सय रूपैयाँ बचत गरेको छ।

काठमाडौंको प्रज्ञा भवनमा फागुन १ देखि ३ गतेसम्म चलेको विधान अधिवेशन को अन्तिम दिन बिहीबार कोषाध्यक्ष श्रीराम ढकालले आयव्ययको प्रतिवेदन पेश गरेका थिए। उनले अधिवेशनमा ३३ लाख ६६ हजार आए भएको विवरण पनि प्रस्तुत गरेका थिए।

‘नौ लाख ३५ हजार प्रवेश शुल्क र आठ लाख लेबीसमेत पार्टीको विभिन्न तहका समितिहरूबाट गरी ३३ लाख ६६ हजार आय भयो,’ ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यस मध्येबाट २५ लाख २८ हजार खर्च भएको र बाँकी बचत भएको ढकालले बताए।

तीन दिनमा हल भाडा नौ लाख, खाजा नौ लाख , झण्डा ६० हजार, पानी २५ हजार , चिया १० हजार, स्वयंसेबक खाना ६८ हजार, कुर्सी भाडामा ४० हजार, स्वयंसेबक परिचालनमा ८० हजार, एक सेट सञ्चारका लागि एक लाख खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ।

ढकालका अनुसार विधान अधिवेशनमा सहभागी हुनका लागि एक हजार १६५ प्रतिनिध तय भए पनि नौ सय ३५ जना सहभागी भएका थिए र ७८१ जनालेमात्रै हाजिरी गरेका थिए।

बैठकलाई आवश्यक पर्ने कापी कलम प्रधानमन्त्री कार्यालयबाट सौजन्य प्राप्त भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ। माओवादीको विधान अधिवेशनमा सहभागीहरूलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर रहेको कापी वितरण गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय