मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा महिलाको मृत्यु

२०८० फाल्गुन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा महिलाको मृत्यु

 

 

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको  मृत्यु भएको हो ।

बिहीबार साँझ छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नम्बरको ट्र्याक्टर ठक्कर खाएका थिए। मोटरसाइकलमा पछाडि सवार गुरुङको घटनास्थलमा मृत्यु भएको हो।

ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय