महासमिति बैठकका एजेन्डाबारे छलफल काँग्रेस बैठकमा

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महासमिति बैठकका एजेन्डाबारे छलफल काँग्रेस बैठकमा

 

 

 

काठमाडौँ  : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय, सानेपामा बसेको छ।

बैठकमा महासमिति बैठकका एजेन्डाबारे छलफल भइरहेको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्।

बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता विपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने पनि जनाएको छ।

महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय