आज वर्षा र हिमपातको सम्भावना कोशी प्रदेशमा

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज वर्षा र हिमपातको सम्भावना कोशी प्रदेशमा

 

 

काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ।

कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय