
नेपालले पुरा गर्यो सात विकेट गुमाएर एकसय रन
काठमाडौं : विश्वकप लिग- २ नामिबियासँगको खेलमा नेपालको खराब ब्याटिङ लाइन देखिएको छ।
नामिबियाका बलरका सामु नेपालमा ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। भीम सार्की ४४ बर कुशल मल्लले १३ रन बनाउनु बाहेक अन्य पाँच जना ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नेपालले ३१ ओभरको खेल सकिँदा १०६ रन बनाएको छ।
नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने १२ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए। सोमपाल कामी २ रन बनाएर आउट भएका थिए।
अहिले गुलशन झा र पवन सर्राफ क्रिजमा रहेका छन्।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहेका छन्।