आज बस्ने दुई संसदीय समितिको बैठक

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज बस्ने दुई संसदीय समितिको बैठक

काठमाडौँ : दुईवटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे अर्थ समितिको बैठक बोलाइएको छ।

सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व संकलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरूमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ। यस्तै सोह्रौँ पञ्चवर्षीय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच र प्रदेश तथा स्थानीय तहबीच राजश्व बाँडफाँड गर्ने विस्तृत आधार र प्रक्रिया र सूचक तथा ढाँचाको सम्बन्धमा छलफल हुनेछ।

यस्तै नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्युनतम अनुदान निर्धारण गर्ने प्रक्रिया तथा विधि, आधार र सूचकको सम्बन्धमा छलफल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय