मैथिली भाषामा लेखेको‘अर्चनाकृत रामायण’ सार्वजनिक

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मैथिली भाषामा लेखेको‘अर्चनाकृत रामायण’ सार्वजनिक

 

ललितपुर : ​पत्रकार अर्चना झाले मैथिली भाषामा लेखेको ‘अर्चनाकृत रामायण’ सार्वजनिक भएको छ ।

नेपालमा पहिलोपटक गद्यमा लेखिएको मैथिली रामायणको विमोचन कांग्रेसका नेता विमलेन्द्र निधिले बुधबार गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँस्थित मामाघर अनाथलय आश्रममा गरे।

नेपाली र संस्कृत भाषामा रहेको रामायणलाई मैथिली भाषामा लेख्न पाउनु गौरवको विषय भएको लेखक झाले बताइन्।

‘रामायण ज्ञानको महासागर हो’, उनले भनिन्  ‘मैले त्यो महासागर मन्थन नगरी ’वाल्मीकी रामायण’ र ’रामचरितमानस’ ग्रन्थलाई आधार मानेर  संक्षेपमा मैथिली भाषामा सम्पूर्ण रामायण लेखेकी हुँ।’

करिब ६४ हजार शब्द र ३०० पेजकोयो पुस्तक लेख्न  चार वर्ष लागेको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय