नेपालको कीर्तिमानी जित माल्दिभ्स १३ रनमै समेटिएपछि

२०८० फाल्गुन १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालको कीर्तिमानी जित माल्दिभ्स १३ रनमै समेटिएपछि

काठमाडौं : एसिसी महिला प्रिमियर कप टी २० क्रिकेटमा नेपालले माल्दिभ्ससामू विश्व कीर्तिमानी जित निकालेको छ।​

रुबिना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङको सहयोगमा नेपालले कीर्तिमानी जित निकाल्न सफल भएको हो। मलेसियाको बांगीमा जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमै समेटियो।

जसले गर्दा नेपालले २ सय १४ रनको कीर्तिमानी जित हात पार्‍यो। यो नेपालको महिला टी २० आईमा सर्वाधिक अन्तरको जित हो। यसअघि सन् २०११ मा कतराविरुद्ध १ सय १९ रनको सर्वाधिक ठूलो जित निकालेको थियो। माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन्। ६ खेलाडी शून्यमा आउट भए।

नेपालकी अस्मिना कर्माचार्यले ४, पूजा महतो र रुबिना क्षेत्रीले समान ३/३ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो। जसमा रुबिनाले अविजित १ सय १८ र पूजा महतोले ५९ रनको कीर्तिमानी योगदान गरे।

नेपाल समूह डी बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ। क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय