
साबुनका डल्ला, शंकास्पद भनिएको प्रेसर कुकरमा
विराटनगर : विराटनगर -३ मा भेटिएको शंकास्पद वस्तुमा साबुनका डल्ला भेटिएका छन्।
कालोटेपले बेरिएको अवस्थामा भेटिएको प्रेसर कुकरलाई डिस्पोज गर्न नेपाली सेनाद्वारा डिस्पोजल टोली खटाएको थियो। मोरङ जिल्लामा तैनाथ भैरव गण सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद वस्तु आज (मंगलबार) डिस्पोज गरिएको हो ।
शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।
भुपि मार्गमा भेटिएको कालोटेपले बाँधिएको प्रेसर कुकर भित्र ३ थान डेटुनेटर ,सेफ्टी फ्युज, साबुनको डल्ला र ढुङ्गाहरू फेला परेको हो।