
दोस्रो विकेट क्यानडाविरुद्ध कुशलको व्यक्तिगत
काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपाललाई पाँचौं सफलता युवा अलराउन्डर कुशल मल्लले दिलाए । उनले ३६.५ ओभरमा हर्ष ठाकरलाई २९ रनमा एल्बीडब्लू धरापमा पारे ।
पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए। उनले ४ रन बनाएका जोनसनलाई आउट गरेका थिए। यस्तै दोस्रो आकाश चन्दले लिएका थिए। २२ रन बनाएर खेलिरहेका सिरिमन्थ विजिरेरत्ने चन्दको बलमा कप्तान रोहित पौडेलको क्याचमा आउट भएका हुन्।
तेस्रो विकेट तीन रन बनाएर खेलिरहेका क्रिस्टन निकोलसलाई मल्लले आउट गरेका हुन्। चौथो विकेट नवनित धालिवाल ५० रन बनाएर आउट भएका थिए। उनलाई ललित राजवंशीले आउट गरेका थिए।
हाल क्यानडाले ४० ओभरको समाप्तिमा १४८ रन बनाएर खेलिरहेको छ।