कक्षमा सीमित बिरामीको उपचार गर्ने त्रिवि शिक्षण अस्पतालले आजदेखि आकस्मिक
काठमाडौं : त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) सोमबारदेखि केही दिन सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ। आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको हो।
‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ। उपचारमा आउनुहुने बिरामीमा पर्नजाने असुविधाका लागि त्रिवि शिक्षण अस्पताल क्षमा चाहन्छ’, सोमबार प्रकाशित सूचनामा भनिएको छ।