माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदै

२०८० माघ २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रकोे केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ।

राष्ट्रिय सभागृहमा हिजोदेखि सुरु भएको बैठकको दोस्रो दिन आज प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। बिहान ११ बजे बैठक सुरु हुने र केही पदाधिकारीले बोलेपछि अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने केन्द्रीय सदस्य अक्कलबहादुर तामाङले जानकारी दिए।

हिजो पहिलो दिन बैठकमा माओवादीले चलाएको ‘जनतासँग माओवादी विशेष अभियान’ को बारेमा रिपोर्टिङ गरिएको थियो। बैठकमा प्रदेशका इञ्चाज र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराएका हुन्।

बैठकमा लेखा आयोगका संयोजकले पनि रिर्पोटिङ गरिसकेका छन्। रिपोर्टिङका क्रममा उनीहरुले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए।

बैठकमा आज भोलि फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ। माओवादी केन्द्रको विधान सम्मेलन भोलिदेखि काठमाडौंमा शुरु हुँदैछ।

भोलि फागुन १ बाट शुरु हुने सम्मेलन ३ गतेसम्म चल्नेछ। विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। उक्त समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ।
 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय