नरबहादुर श्रेष्ठ :एमाले दोलखाको अध्यक्षमा पुन

२०८० माघ २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नरबहादुर श्रेष्ठ :एमाले दोलखाको अध्यक्षमा पुन

दोलखा : नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।

नेकपा एमाले दोलखाको बिहीबार सम्पन्न १०औँ अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन्। उनले ३३३ मत प्राप्त गरे। अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत पाए। यो श्रेष्ठको दोस्रो कार्यकाल हो।  उनी नवौंँ अधिवेशनमापनि अध्यक्षमा निर्वाचित भएका थिए।

यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी भए। मानन्धर ३३६ मतसहित विजयी भएका हुन्।  उपाध्यक्षका अर्का प्रतिस्पर्धी हिरा थोकरले २६३ मत पाए।

यस्तै सचिवमा स्वयमबहादुर खड्का ३०४ मत प्राप्त गरी विजयी भए। सचिवका अर्का उम्मेदवार कृष्ण वस्नेतले २८४ मत प्राप्त गरे। यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत निर्वाचित भए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय