प्रदेश घाँडो भएको छ संघीयता बोक्नेलाई पनि

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रदेश घाँडो भएको छ संघीयता बोक्नेलाई पनि

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूलाई  पनि अहिले प्रदेश संरचना घाँडो भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले प्रदेश पार्टीहरूका नेता कार्यकर्ता थन्क्याउने थलो भए पनि मुलुक आर्थिक रुपमा चौपट भइरहेको बताए।

‘हामीले संविधान बनाउँदा नै संघीय प्रणाली चाहिँदैन भनेका हौँ। त्यसयता खारेज गर्नुपर्छ भनेर लगातार भनिरहेका छौँ। संघ र स्थानीय निकाय भए पुग्छ, प्रदेशको औचित्य छैन।’ केसीले भने, ‘अहिले सबैका मनमा बिझाएको छ । सबैलाई प्रदेश घाँडो भएको छ । संघीयता बोक्नेलाई पनि घाँडो भएको छ । त्यसैले सल्लाह गरौं। संघ भएपछि प्रदेश किन चाहियो ? राजनीतिक नेता कार्यकर्ता थन्क्याउने ठाउँ त भयो तर यसले आर्थिक रुपमा मुलुक चौपट भयो।’

उनले सबैका छोराछोरी विदेश गइरहेको र उनीहरू फर्केर नआउने भन्दै भ्रष्टाचार गर्न नपर्ने पनि बताए।

‘तपाईं हामी सबका सब छोराछोरी अमेरिका, क्यानडा, अष्ट्रेलिया गएका छन्। हामीले अब घुस खान भ्रष्टाचार गर्न पर्दैन किन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन्।’ केसीले भने, ‘स्वास्नी छोराछोरीका लागि हो घुस खाने भ्रष्टाचार गर्ने भनेको यसले सबैलाई सजिलो बनाएको छ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार