ग्रामीण स्वास्थ्य इकाइ स्थापना गर्ने,थुलुङ दुधकोशीले रनेममा

२०८० माघ २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ग्रामीण स्वास्थ्य इकाइ स्थापना गर्ने,थुलुङ दुधकोशीले रनेममा

 

 

 

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले वडा नं।  ८ रनेममा ग्रामिण स्वास्थ्य इकाई संचालन गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आइतबार सम्पन्न कार्यपालिका बैठकले रनेममा ग्रामीण स्वास्थ्य इकाई संचालन गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

प्रवक्ता कार्कीका अनुसार वडाको रनेम, दिप्ली तथा अम्रास क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि उक्त स्वास्थ्य इकाई संचालन गर्ने निर्णय गरिएको हो।

तत्काललाई वडा नं ८ को बुढीडाँडास्थित बर्थिङ सेन्टरमा कार्यरत करार सेवाका कर्मचारीलाई स्वास्थ्य इकाईमा कामकाजका लागि खटाउने निर्णय गरिएको छ।

यस्तै, वडा नम्बर ६ स्थित मुक्ली स्वास्थ्य चौकीलाई थुलुङ दुधकोशी अस्पतालमा स्तरोउन्नती गरी थुलुङ दुधकोशी अस्पताल बनाउने पनि निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

त्यहाँ सन्चालित बर्थिङ सेन्टरमा कार्यरत जनशक्तिलाई वडा नं। ६ कै मुक्लीको थुलुङ दुधकोशी अस्पतालमा पदस्थापन गर्ने र त्यहाँ रहेका जिन्सी तथा स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।

उनका अनुसार हाल संचालन रहेको मुक्ली स्वास्थ्यचौकीमा प्राथमिक उपचारका लागि स्वास्थ्य क्लिनिक कायम राख्ने निर्णय गरिएको छ।

यस्तै, गाउँपालिकामा उत्पादित तोरी तथा अन्य तेलहन वालीको उत्पादन अवस्था लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन निर्माण गर्ने समिति गठन गरिएको छ। वडा नम्बर १ का वडा अध्यक्ष घनराज सुनुवारको संयोजकत्वमा ५ सदस्यीय अध्ययन प्रतिवेदन समिति गठन गरिएको पालिकाले जनाएको छ।

आगामी वर्षदेखि पालिलकाले खानेतेल आयातमा पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ। जसको लागि तोरीको बीउ उपलब्ध गराएर खेती गर्न गाउँपालिकाले उर्दी जारी गरेको थियो।

गाउँपालिका अध्यक्ष असिम राईले पालिका सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको बताए। हरेक नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व रहेकाले आफुहरु निर्वाचित भएदेखिनै मातृमृत्युदर कम गर्न प्रोत्साहन भत्तादेखि पालिकामा अस्पताल निर्माण तथा सन्चालन लगायतको काम गरेको उनको भनाइ छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय