भ्रष्ट र बेथितिमा अहिलेको सरकार रमाउँछ : ओली

२०८० माघ १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भ्रष्ट र बेथितिमा अहिलेको सरकार रमाउँछ : ओली

 

 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा हेर्दाहेर्दै कस्तो सरकार बन्यो? भन्दै प्रश्नसमेत गरे। उनले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उनको आरोप थियो।

वर्तमान सरकार गैरकानुनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गरे। अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाए।

उनले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताए। उनले स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने, प्रधानमन्त्री हार्ने कुराले अधिवेशन रोकिने कुरा आफूले बुझ्न नसकेको बताए।

उनले स्काउटको सम्पत्ति कांग्रेसले अहिलेसम्म लुटेर खाएको आरोपसमेत लगाए। रेडक्रस, गैरआवासीय नेपाली संघ चल्न नदिने लगायतका उद्दण्ड काम सरकारले गरिरहेको बताए।

उनले भने, ‘अहिले सरकार यस्तो छ, आजबाट स्काउटको अधिवेशन हुने, विदेशीहरु पनि आए। प्रधानमन्त्रीजीले विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयार भइसक्यो। गठबन्धनले नजित्ला जस्तो देखियो रे। आजबाट सम्मेलन छ, चुनाव होला सायद। हिसाव गर्दा गठबन्धनलै नजित्ने सम्भावना देखियो रे, त्यसो भएर सम्मेलन स्थगित गर्नु, मैले प्रधानमन्त्रीलाई भर्खरै सोधेँ हारिने भएको साँच्चै हो। प्रधानामन्त्रीले कसरी हार्छ, काँग्रेसले कसरी हार्छ? स्काउटमा मैले बुझिनँ। यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो। यो सरकार भनेको कानुनअनुसार चल्ने मूल्य, मान्यताअनुसार चल्ने सरकार होइन। गैरकानुनी बेथितिसँग चल्ने सरकार हो।’

अध्यक्ष ओलीले कुनै पनि स्वतन्त्र संस्थाहरुलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप लगाए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय