आज कांग्रेस संसदीय दलको बैठक

२०८० माघ १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज कांग्रेस संसदीय दलको बैठक

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संघीय संसद् भवनमा अपराह्न २ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले  बताए।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय