आज बस्दै,रास्वपा संसदीय दलको बैठक
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बिहीबार बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
बैठकमा एक मात्र कार्यसूची राखिएको उपसभापति अर्यालले बताए। हिउँदे अधिवेशनमा पार्टीको तर्फबाट सांसदहरुले उठाउनुपर्ने मुद्दा, नागरिक अधिकारका विषयमा छलफल हुने कार्यसूची छ।
हिउँदे अधिवेशन यही माघ २२ गते शुरु हुँदैछ ।