बिहानैदेखि जुम्लामा हिमपात

२०८० माघ १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिहानैदेखि जुम्लामा हिमपात

 

जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो। सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन्।

यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय