एसिया कपको क्वार्टरफाइनलमा अष्ट्रेलिया र ताजिकिस्तान

२०८० माघ १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एसिया कपको क्वार्टरफाइनलमा अष्ट्रेलिया र ताजिकिस्तान

काठमाडौं : इण्डोनेसियालाई हराउँदै अष्ट्रेलिया एएफसी एसया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

आइतबार साँझ कतारको अल रेयानस्थित जसिम विन हामद रंगशालामा भएको पहिलो प्रि–क्वार्टरफाइनलमा इण्डोनेसियालाई सजिलै ४–० ले पाखा लगाउँदै अष्ट्रेलिया क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।

अष्ट्रेलियाले खेलको ११औँ मिनेटमा इण्डोनेसियाका एलकान बाग्गोटको आत्मघाती गोलको मद्दतले शुरुवाती अग्रता लिएको थियो। त्यसपछि खेलको ४५औँ मिनेटमा मार्टिन बोएलले टोलीको अग्रता दोब्बर पारे। बाँकी दुई गोल खेलको ८९औँ मिनेटमा क्रेग गुडविनले तथा इन्ज्युरी समयको पहिलो मिनेटमा गुडविनकै क्रसमा डिफेण्डर ह्यारी सुट्टारले गरे।

२०१५ को विजेता अष्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरिया बीचको खेलको विजेतासँग खेल्नेछ।

एसिया कप फुटबलको अर्को खेलमा ताजिकिस्तानले युएईलाई हराएको छ। निर्धारित समय र थपिएको समयमा दुवै तर्फबाट १–१ गोल मात्र भएपछि खेल पेनाल्टी सुटआउटमा गयो। त्यसमा ५–३ गोल अन्तरले ताजिकिस्तानले खेलमा बाजी मार्‍यो।

सोमबार तेस्रो प्रि–क्वार्टरफाइनलमा इराक र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी सोमबार नै क्वार्टरफाइनल प्रवेशका लागि प्यालेष्टाइन र कतार भिड्नेछन्।

क्वार्टरफाइनलमा ताजिकिस्तानले इराक र जोर्डनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय