मृत फेला, २५ दिने शिशुलाई खोप लगाउन हिँडेकी महिला

२०८० माघ १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मृत फेला, २५ दिने शिशुलाई खोप लगाउन हिँडेकी महिला

 

 

 

ताप्लेजुङमा २५ दिनको बच्चालाई खोप लगाउन हिँडेकी महिला मृत फेला परेकी छन्।

पाँचथर याङवरक गाउँपालिका-६ की २६ वर्षीया यमुना चापागाई ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिका वडा -२ मा मृत फेला परेकी हुन्।

उनी आइतबार साढे १२ बजे बच्चालाई खोप लगाउन भनेर निस्केकी थिइन्। साँझसम्म घर नफर्किएपछि घरपरिवार र आफन्तले प्रहरीलाई खबर गरेका थिए।

खोजतलासका क्रममा  उनी मृत भेटिएको ताप्लेजुङका डिएसपी राजेन्द्र लिम्बुले जानकारी दिए।

‘२५ दिनको बच्चा भने फेला परेको छैन,’ उनले भने, ‘आफन्त र  प्रहरीले बच्चा खोजिरहेका छौं।’

उनको शव भेटिएको नजिकै मोबाइल, ज्याकेट र झोला भेटिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी लिम्बुले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय