फारुकीले जिते बिग बोस १७औँ संकरणको उपाधि
भारतीय रियालिटी शो बिग बोस १७औँ सस्करणको उपाधि मुनवर फारुकीले जितेका छन्।
आइतबार राति भएको फाइनलमा विजेता घोषणा भएका हुन्। शोको टप ५ मा फारुकीसहित अंकिता लोखंडे, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए।
जसबाट मुनवर र अभिषेक शीर्ष २ मा पुगे। तर, उपाधि मुनवरले जिते। विजेता फारुकीले ५० लाख भारतीय रुपैयाँसहित गाडीसमेत पाए। फारुकी स्टयान्ड–अप कमेडियनसमेत हुन्।