बैंक खाता अर्काको नागरिकताबाट खोलेको आरोपमा पक्राउ

२०८० माघ १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैंक खाता अर्काको नागरिकताबाट खोलेको आरोपमा पक्राउ

 

 

काठमाडौं : अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी kyc विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय