आज होटल सोल्टीमा अन्तरक्रिया गर्ने चिनिया प्रतिनिधि मण्डलले

२०८० माघ १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज होटल सोल्टीमा अन्तरक्रिया गर्ने चिनिया प्रतिनिधि मण्डलले

काठमाडौं : नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले आज राजनीतिक दलहरुसँग सामूहिक अन्तरक्रिया गर्ने भएको छ।

सोल्टी होटेलमा बिहान साढे १० बजे गर्न लागिएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ। माओवादीबाट महासचिव देव गुरुङको नेतृत्वमा १० जना पदाधिकारी उक्त छलफलमा सहभागी हुने कार्यक्रम रहेको सचिव गणेश साहले जानकारी दिए।

शुक्रबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान नेतृत्वको टोलीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको थियो।

माओवादीको निमन्त्रणामा आएको टोलीको आज अन्तरक्रिया गर्ने, भोलि पनि विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने र पर्सि स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिनिधि मण्डलमा चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क प्रमुख जेङ योया ‘सरला’ लगायत सहभागी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय