सहायक वन अधिकृत घुससहित पक्राउ

२०८० माघ १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सहायक वन अधिकृत घुससहित पक्राउ

 

 

बाँकेको सव-डिभिजन वन कार्यालमा कार्यरत सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन्।

बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक  वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनले काठ चिरानका लागि सिफारिस गरिदिने भनेर सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिएका थिए । ७ हजार र उनीसँग रहेको स्रोत नखुलेको थप ४५ हजार ९७५ गरी कुल ५२ हजार ९७५ रूपैयाँसहित  पार्देलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएक हो।

त्यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय