मतदान गर्न गएनन् बालेन राष्ट्रिय सभा निर्वाचनमा

२०८० माघ ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मतदान गर्न गएनन् बालेन राष्ट्रिय सभा निर्वाचनमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचन सहभागी नहुने भएका छन्।

मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ उनले भने।

तर महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा गएकी छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ।

यसअघि पनि मेयर बालेनले प्रदेश सभामा भोट हालेका थिएनन्। उनले प्रतिनिधि सभा र समानुपातिकमा मात्र भोट खसालेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय