भोलि राजविराजमा राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा बिदा

२०८० माघ ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भोलि राजविराजमा राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा बिदा

 

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कार्यवाहक नगरप्रमुख इसरत परविनले सूचना निकालेर प्राण प्रतिष्ठाको दिन सोमबार राजविराज नगरपालिका मातहतको सबै निकायमा बिदा रहेको जनाएकी छन्।

रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत उनले आग्रह गरेकी छन्। त्यस दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा विक्रीवितरण बन्द गर्न समेत सूचनामार्फत अपिल गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि अयोध्यामा राम मन्दिरको उद्घाटन एवं प्राण प्रतिष्ठाका दिन उपमहानगरपालिका क्षेत्रभित्र माछा, मासु, मदिरा पसल बन्द गर्न आग्रह गरेको छ।

उपमहानगरले आइतबार सूचना जारी गर्दै सनातनी हिन्दु धर्मावलम्बी तथा जगत जननी माता जानकीको जन्भूमि मिथिलावासीहरूका लागि अत्यन्तै हर्ष एवं आनन्दको क्षण भएको उल्लेख गरेको छ।

‘प्राण प्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै जनकपुरधाम नगरवासी पनि उक्त दिन घर घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ मन्दिर, चौक चौराहा लगायत जानकी मन्दिर, राम मन्दिरमा समेत उपस्थित भई दिपोत्सव गर्न आह्वान गरिन्छ’, मेयर मनोज साहले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय