अध्ययनरत दुई विद्यार्थीको मृत्यु मोटरसाइकल दुर्घटनामा एमबीबीएस

२०८० माघ ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

अध्ययनरत दुई विद्यार्थीको मृत्यु मोटरसाइकल दुर्घटनामा एमबीबीएस

वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ ।  मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । बिहान स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय