इमर्जेन्सीमा १०० मात्र लाग्ने बिमाका बिरामीलाई ओपिडीमा ५०

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

 

इमर्जेन्सीमा १०० मात्र लाग्ने बिमाका बिरामीलाई ओपिडीमा ५०

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक संस्थाका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क घटाएको छ। बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी बिमामा आबद्ध बिमितलाई स्वास्थ्य बिमा अन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एकसय रुपैयाँ शुल्क निर्धारण गरेको हो।

यसअघि बोर्डले ओपिडीमा दुई सय र इमर्जेन्सीमा चार सय रुपैयाँ शुल्क तोकेको थियो।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बिमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको हो। निर्धारण गरिएको  यसै अनुसारको शुल्क लागू गर्न बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय