दुईजना १५ वर्षपछि पक्राउ बोक्सी भन्दै मान्छे मारेर भागेका
काठमाडौं : २०६५ साल असोज २९ गते काभ्रे जिल्ला शिखर आम्बोटे गाविस-१, (साबिक रोशि गाउँपालिका ३) स्थित चमार सिंह मगर भन्ने जनकबहादुर मगरलाई भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सीको आरोप लगाई कुटपिटपश्चात् हत्या गरी फरार भएका थिए।बोक्सीको आरोपमा १५ वर्षअघि एक पुरुषको हत्या गरी फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पुस २४ गते पक्राउ गरी २५ गते सन्तबहादुर मगरलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको थियो। यता, टंकबहादुर मगरको स्वास्थ्यमा समस्या आएका कारणले उपचार गरेर आज मात्रै आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।