१५ जना घाइते, दार्चुलामा बस दुर्घटना

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१५ जना घाइते, दार्चुलामा बस दुर्घटना

 

 

 

 

काठमाडौं : दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ख–१०३१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको हो। बस महाकाली नगरपालिका–५ किम्तडीस्थित फोहोर संकलन केन्द्र नजिकै सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अरु सामान्य घाइते रहेको र उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय