रवि लामिछानेविरूद्ध नेविसंघको उजुरी र प्रदर्शन सहकारी विभागमा

२०८० माघ ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रवि लामिछानेविरूद्ध नेविसंघको उजुरी र प्रदर्शन सहकारी विभागमा

 

 

 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी विभागमा उजुरी दिनुका साथै प्रदर्शनसमेत गरेका छन्।

ठूला सहकारीमा भएका घोटालाका विषयमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लसहितले बिहीबार सहकारी विभाग पुगेर ध्यानाकर्षण गराएका हुन्।

be3e8136-b262-4767-8b37-8ddd93167388-1705570954.jpg
‘सांसद तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा सुप्रिम, सूर्यदर्शन, साहारा चितवन र बुटवलको सुप्रिम सहकारीको पैसा आफू संलग्न रहेको गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको भन्ने समाचार प्राप्त भएपश्चात उक्त सहकारीका बचतकर्तालाई बुझ्दा ठगिएको भन्ने जानकारी गराएको तथा सहकारीमा सोबारे सोध्दा अपुष्ट जानकारी आएको हुँदा उक्त सहकारीहरूमार्फत् भएको ठगी प्रकरण सम्बन्धमा यथार्थ बाहिर ल्याउन र दोषी भाग्न नपाउन भनि हामी माग गर्दछौं,’ आदर्श मल्लले सहकारी विभागमा बुझाएको उजुरीमा उल्लेख छ।

साथै नेविसंघले सहकारी विभागअगाडि ठूला सहकारी घोटालाबारे जाँच गर्न र दोषीहरूलाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शनसमेत गरेका छन्।

 

यस्तो छ उजुरी:

14870b31-6dc4-4628-8a4e-5fd58c0bd6bd-1705570176.jpg6dc691b1-9cfa-4a6c-ae15-458022405296-1705570189.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय