तीनै तहका सरकार मिलेर विपद्पूर्वको तयारीका लागि काम गर्नुपर्छ : गृहमन्त्री

२०८० माघ २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तीनै तहका सरकार मिलेर विपद्पूर्वको तयारीका लागि काम गर्नुपर्छ : गृहमन्त्री

 

 

 

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री श्रेष्ठले विपद्पूर्व तयारीका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने धारणा राखेका छन्।

 

भूकम्प दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले ​मंगलबारआयोजना गरेको कार्यक्रममा उनले कुनै एक तहको सरकारको असहयोग हुँदा पनि विपद्पूर्व तयारीका लागि काम गर्न नसकिने बताए।

उनले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरु भएको बताए। उनले सरकारले उनीहरूलाई राष्ट्रिय प्रणालीमा आबद्ध काम शुरु गरिसकेको दाबी गरे। ‘विपद् व्यवस्थापनमा स्वयंसेवकको पनि भूमिका हुन्छ। स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरु भएको छ’,  उनले भने।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका विद्यालय,सरकारी भवन र अस्पताल गरी ५३ भवन र चार वटा सडक भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको पनि जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको अध्ययनले उपत्यकाका विद्यालय,सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र चार सडक भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र तिनको प्राथमिकतामा राखी पुनर्निर्माण गर्नुपर्ने देखिएको उनको भनाइ छ।

‘काठमाडौं उपत्यका भूकम्पीय जोखिमका दृष्टिकोणले विश्वकै उच्चतम जोखिम क्षेत्रमा पर्छ। त्यसमध्ये सबैभन्दा बढी जनसंख्याको जनघनत्व र संरचना काठमाडौं महानगरपालिकामा छन्। १९९० र २०७२ सालको भूकम्पबाट यही ठाउँमा ठूलो मात्रामा क्षति भयो’, उनले भने, ‘त्यसकारण हामीले संयुक्त रूपमा काम गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय