बिगो भराउन आदेश सहकारीमा घोटाला गर्ने १९ जनालाई पाँच वर्षसम्मको जेल, २४ करोडसम्म

२०८० पुष २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

बिगो भराउन आदेश सहकारीमा घोटाला गर्ने १९ जनालाई पाँच वर्षसम्मको जेल, २४ करोडसम्म

  अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले बिहीबार १९ जनालाई एकदेखि पाँच वर्षसम्म कैद सजाय गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए। उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराध संहिता २०७४ बमोजिम अभियुक्तलाई कैद सजाय गराउने, बिगो भराउने र जरिवाना गर्ने आदेश गरेको हो।बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई सजाय र जरिवाना तोकेको छ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट पाँच वर्ष कैद सजाय सुनाएको छ। उनलाई २४ करोड ९१ लाख बिगो भराई ५० हजार जरिवाना गर्ने आदेश दिइएको छ। सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट पाँच वर्ष कैद सजाय तोक्नुका साथै चार करोड ४८ लाख ९५९ बिगो भराउन र ५० हजार जरिवाना बुझाउन आदेश भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए।

सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गङ्गाधर सुवेदीलाई पाँच वर्ष कैद सजाय गर्ने आदेश अललतले दिएको छ। उनीसँग बाट दुई करोड ८३ लाख ७३ हजार २९५ बिगो र ५० हजार रुपैयाँ जरिवाना माग भएको छ। यस्तै लीला भनिने लीलाप्रसाद वलीलाई पाँच वर्ष कैद सजायका साथै ८९ लाख २९ हजार ७२५ रुपैयाँ बिगो भराउन र  ५० हजार रुपैयाँ जरिवाना माग गरिएको छ।

सहकारीका कर्मचारी किरण श्रेष्ठलाई पाँच वर्ष कैद सजायका साथै बाट ८६ लाख ३५ हजार ४५४ बिगो र ५० हजार जरिवाना तोकिएको छ। यस्तै गौरवकुमार श्रेष्ठलाई चार वर्ष कैद सजाय तोकिएको छ। उनीबा एक लाख २९ हजार ४९१ बिगो भराउन र ४० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी भट्टराईले बताए।

कर्मचारी सुरतराम खटिकलाई पाँच वर्ष कैदका साथै ९८ लाख ४८ हजार २७४ बिगो भराउन र ५० हजार जरिवाना गर्न आदेश दिइएको छ। यस्तै बलराम यादवलाई पाँच वर्ष कैद सजाय हुनुका साथै ५३ लाख ६९ हजार ६५२ बिगो र ५० हजार जरिवाना गर्ने आदेश भएको छ।

सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर बिकलाई पाँच वर्ष कैद र ३३ लाख ६० हजार ६८१ बिगो र ५० हजार रुपैयाँ जरिवानाको आदेश दिइएको छ।

सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लीला शाहलाई एक वर्ष कैद र पाँच–पाँच हजार जरिवाना तोकिएको छ। यस्तै तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पाँच–पाँच हजार जरिवाना गर्ने आदेश अदालतले दिएको छ।

सहकारी संस्थाका पूर्वअध्यक्ष सिद्धिकुमार महर्जनलाई दुई वर्ष छ महिना कैद र पाँचहजार जरिवाना भएको छ। अर्का पूर्वअध्यक्ष अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई पाँच–पाँच वर्ष कैद र रु ५०–५० हजार जरिवाना गर्ने आदेश दिएको अदालतलका सूचना अधिकारी भट्टराईले जानकारी दिए।

यसैगरी, सहकारीका उपाध्यक्ष रवीन्द्र थापालाई तीन वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। सहकारीकी कर्मचारी शारदाकुमारी थापा मगरलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको आदेश भएको छ।

बाँकेको बहुचर्चित यो सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो। ४३ करोड घोटालामा अन्यले सफाइ पाएका छन्। सातजना अहिले पनि कारागारमा छन्। अरू धरौटीमा छुटेका थिए। ११ हजार ८०४ निक्षेपकर्ता रहेको सहकारी ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए। त्यसयता पीडित निरन्तर सडकमा रहेका छन्। सहकारीमा ठगिएका १० भन्दा बढी पीडितको मृत्यु भइसकेको छ।

जिल्ला अदालतले सहकारी संस्थाका सञ्चालक समिति विघटन गर्न आदेश यसअघि नै दिइसकेको छ। बचतकर्ताले जम्मा गरेको करिब ३८ करोड रुपैयाँ हिनामिना भएपछि नेपालगञ्जको सहकारी वृत्ति विकास संस्था २०७६ असोजदेखि बन्द छ।

पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले अदालतको आदेशले पीडितलाई केही खुशी तुल्याएको प्रतिक्रिया दिए। सहकारीको रकम अपचलन मुद्दामा बाँके जिल्ला अदालतले स्वागतयोग्य आदेशले पीडितले न्याय महशुस गरेको जाहेरवालाका तर्फबाट पैरवी गरेका नेपालगञ्जका वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय