![](https://gojimediahouse.com/wp-content/uploads/2024/01/accident_U9d8FkJs4r.jpg)
एकजनाको मृत्यु टिपर दुर्घटनामा
काठमाडौं : मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मकवानपुर गढी गाउँपालिका १ बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडाँडाबाट बादरखोल्सी जाँदै गरेको बागमती प्रदेश –०३–००१ ख १४८९ नम्बरको टिपर गएराति साढे १२ बजे सडकबाट झण्डै १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएको हेटौंडा १५ रातोमाटे बस्ने २२ बर्षीय सुकेदव पाख्रिनको उपचारका क्रममा हेटौंडा अस्पतालमा आज विहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।