क्यानले निर्णय गर्दै सन्दीपले पठाए राष्ट्रिय टिमबाट अलग हुने पत्र,

२०८० पुष २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

क्यानले निर्णय गर्दै सन्दीपले पठाए राष्ट्रिय टिमबाट अलग हुने पत्र,

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएका छन्।

उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र पठाउँदै आफू राष्ट्रिय टिमबाट अलग हुने जानकारी गराएका छन्।

यस विषयमा निर्णय गर्न क्यानले अनौपचारिक छलफल गरिरहेको छ। क्यानका कानुनी सल्लाहकार रोचक रेग्मीले बुधबार बेलुकै सन्दीपलाई निलम्बन गर्ने पत्रको मस्यौदा तयार पारिसकेको क्यान स्रोतले बताएको छ।

यद्यपि, क्यानका अध्यक्षसहित केही पदाधिकारी सन्दीपलाई अहिले नै निलम्बन गर्न आनाकानी गरिरहेका छन्।

सन्दीपले पत्र पठाएपछि आफू क्रिकेट टिमबाट अलग भएको भन्दै निलम्बन नगरिदिन क्यानसँग लविङ गरिरहेका छन्। त्यसैले उनको निलम्बनमा केही ढिलाइ भइरहेको स्रोतले बताएको छ।

जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गर्दै

बुधबार बसेको न्यायाधीश ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय