एपीएफ र पुलिस भिड्दै राष्ट्रिय भलिबलको फाइनलमा

२०८० पुष २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

एपीएफ र पुलिस भिड्दै राष्ट्रिय भलिबलको फाइनलमा

काठमाडौं :सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

खेल आज दिउँसो १ बजे सुरु हुनेछ। सेमिफाइनलमा पुलिसले आर्मी र एपीएफले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन।

उपाधि दाबेदार मानिएको आर्मीलाई पुलिसले ३–० ले हराउँदै उपाधिको नजिक पुगेको हो। यस्तै एपीएफले गण्डकीलाई ३–० कै सोझो सेटमा हरायो।

यस्तै तेस्रो स्थानको लागि गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ। खेल बिहान १० बजे सुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय