सुन्तला बोकेको जीप पाल्पामा दुर्घटना

२०८० पुष २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुन्तला बोकेको जीप पाल्पामा दुर्घटना

 

 

पाल्पा :  पाल्पाको तानसेन नगरपालिका –१ गोर्खेकोटमा सुन्तला बोकेको जिप गाडी दुर्घटना भएको छ।

 

आज बिहान गल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बागमती प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकअप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए।

गाडी सडकबाट ५० मिटर तल खसेको छ। सुन्तलाहरु यत्रतत्र छरिएका छन्। जिपमा चालक र सह चालक मात्र सवार थिए। उनीहरुको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय