कतारबाट पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति

२०८० पुष २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कतारबाट पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति

 

जबरस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका व्यक्ति पक्राउ परेका छन्।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका १९ वर्षीय किरण राई पक्राउ परेका हुन्।

एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेको उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नका लागि बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

राईविरूद्ध  जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलमा कतार रहेको खुल्न आएको थियो।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एंव पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल व्युरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट पुस २० गते उनीविरूद्ध रेड नोटिस जारी  भएको थियो।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय