
पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुन्छ प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताएका छन् ।
बुधवार संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
‘मलाई विश्वास छ आउने केही दिनमा पञ्चेश्वरको ब्रेक थ्रू हुन्छ ।
त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ’, प्रधानमन्त्रीको दाबी छ ।
पञ्चेश्वर परियोजना ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
समितिमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र विदेश मन्त्री जयशंकरको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप बलियो बनाउने आधार प्रस्तुत भएको बताए ।
त्यसक्रममा उनले १० हजार मेगावाट बिजुली निर्यात गर्न सफल भएको बताए ।