भेटियो ३ करोड ३० लाख नगदपक्राउ परेका रामबहादुर बम्जनको घरमा

२०८० पुष २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेटियो ३ करोड ३० लाख नगदपक्राउ परेका रामबहादुर बम्जनको घरमा

 

 

काठमाडौं : आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

 

सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ।  यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्।

बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठबाट पक्राउ परेका थिए। ​ बम्जनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ।​

बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय