मधेसी एकता समाजको संगठन विस्तार युएईमा

२०८० पुष २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मधेसी एकता समाजको संगठन विस्तार युएईमा

 

 

 

 

 

काठमाडौँ । प्रवासी मधेसीहरुको छाता संस्था ‘मधेसी एकता समाज’को संगठन संयुक्त अरब इमिरेट्स (यूएई) मा विस्तार भएको छ ।

धर्मेन्द्र गोहिवर यादवको नेतृत्वमा गठन भएको सो शाखाको सहअध्यक्षमा रामअयोध्या साह, वरिष्ठ उपाध्यक्षमा डा. मितुशी मित्तल झा, अम्बिका  साह, शैलेन्द्र यादव, महासचिवमा रोशन देव, सहसचिवमा रामपुकार यादव, कोषाध्यक्षमा धर्मेन्द्र मण्डल, सांस्कृतिक संयोजक भोला पासवान, मिडिया संयोजकमा ललित राय छन् ।

दुबईको जवील पार्कमा एकता समाजका संस्थापक संयोजक डा.रविन्द्रकुमार यादवको विशेष आतिथ्य र निवर्तमान अध्यक्ष कृष्णा ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेसी एकता समाज, युएई इकाईद्वारा नयाँ वर्ष र माघे सङ्क्रान्ति को अवसरमा पिकनिक आयोजना गरेको थियो ।

युएई सरकारबाट गोल्डेन भिसा पाएका पहिलो नेपाली तथा वरिष्ठ चिकित्सक डा.रविन्द्रकुमार यादव, युएईमा भूउपग्रह क्षेत्रमा कार्यरत वैज्ञानिक मुकेश झा, व्यवस्थापक तनवीर आलम, भारतमा कार्यरत दिपेन्द्र चौबे, सुजित ठाकुरलगायतले सन् २०२१ मा मधेशी एकता समाजको सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय