![](https://gojimediahouse.com/wp-content/uploads/2024/01/govinda-7-1704523287-copy-1704538279-e1704791211444.jpg)
डा. गोविन्द केसीसहित माइतीघरबाट दुई जना प्रहरीको नियन्त्रणमा
काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका डा.गोविन्द केसीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार दिउँसो सवा १ बजे माइतीघरमा केसीसहित केही व्यक्तिहरू प्रदर्शन गर्न पुगेका थिए।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
१० वर्षे सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा फिर्ता गर लगायतका मागहरू राखेर प्रदर्शन गर्न पुगेका थिए।