![](https://gojimediahouse.com/wp-content/uploads/2024/01/ambarbahadurbista-1704777374-1.jpg)
एमालेले पनि समर्थन गर्ने राप्रपाका अम्बरबहादुर विष्टलाई
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्टलाई नेकपा (एमाले)ले पनि समर्थन गर्ने भएको छ।
मंगलबार बिहान बसेको नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले पनि विष्टलाई समर्थन गर्ने बताइसकेका छन्। योसँगै विष्ट कोशी प्रदेशका सभामुख बन्ने निश्चित भएको छ।
‘हामीले गठबन्धन बाहिरका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गर्यौं,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सेतोपाटीसँग भने।
आजै बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो। विष्ट झापाका समानुपातिक सांसद हुन्।
योसँगै राप्रपाको दुईवटा प्रदेशमा सभामुख हुने भएको छ। बागमती प्रदेशमा भुवनकुमार पाठक राप्रपाका तर्फबाट सभामुख बनेका थिए।