आजको मौसम ,उच्च पहाडमा हिमपात, तराईका अधिकांश भू–भागमा हुस्सु,

२०८० पुष २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आजको मौसम ,उच्च पहाडमा हिमपात, तराईका अधिकांश भू–भागमा हुस्सु,

 

 

 

 

 

काठमाडौं : देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

 

 

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी  प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

विभागले राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ।  बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय