साइकलयात्रीको मृत्यु बसको ठक्करबाट

२०८० पुष १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साइकलयात्रीको मृत्यु बसको ठक्करबाट

 

 

 

बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो।

मंगलबार दिउँसो सवा ३ बजेतिर बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ।

ती पुरूषको घटनास्थलमै मृत्यु भएको हो।

मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन। अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय