एक जना महिलाको शव फेला सिन्धुलीमा

२०८० पुष १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एक जना महिलाको शव फेला सिन्धुलीमा

 

 

 

सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ।

मंगलबार बिहान साढे ३ बजे कमलामाई नगरपालिका-५ आहाले बसन्तेमा ३८ वर्षीया साबित्री तोलाङ्गेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए।

साबित्री सोमबार दिउँसो १ बजे घरमा कसैलाई नभनी हिँडेकी थिइन्। राति सम्म पनि नफर्किएपछि श्रीमान केशव उनको खोजी गर्न निस्किएका थिए।

खोजी गर्नेक्रममा घरदेखि अन्दाजी ८ सय मिटर पूर्वमा रहेको एक गोठमा राखेको परालमा मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। शव पोष्टमर्टमको लागि सिन्धुली अस्पताल पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय