अध्यक्ष शर्माको माग एसइई खारेज नगर्न

२०८० पुष २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

 

अध्यक्ष शर्माको माग एसइई खारेज नगर्न

 काठमाडौं : बिहीबार प्रतिनिधिसभा अन्तर्गतको  शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनले यस्तो माग गरेका हुन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई परीक्षा नहटाउन माग गरेका छन्।

उनले अगाडि भने, ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा १० कक्षामा पनि भएको छ, त्यसैले एसइई परीक्षा हटाउन मिल्दैन। यो कहाँको अध्ययन गरेर हटाउन लागिएको हो?’

उनले यो हाल कायम रहेको कक्षा १० को एसइई परीक्षा आवश्यक रहेको र यसलाई खारेज गर्न नहुने बताए।

यदि एसइई खारेज गरिएमा नेपालको शिक्षाको गुणस्तर  झनै  खस्किँदै जाने उनले दाबी गरे। उनले भने, ‘हाल एसइई परीक्षाले शैक्षिक गुणस्तर उकास्नमा ठूलो काम गरेको छ। यो परीक्षा नहटाउन माग गर्दछु।’

छलफल र परीक्षा प्रणालीको अध्ययन नै नगरी शिक्षा विधेयकमा एसइई परीक्षा गायब गरिएको उनको भनाइ छ। शिक्षा बिधेयकमा व्यवस्था गरिएको बोर्डको ब्यवस्थापनसम्बन्धी व्यवस्थामा समेत उनले आपत्ति जनाए। यो व्यवस्था सच्याउन उनले माग गरे। यो विधेयकअनुसार बोर्ड चलाए राजनीतिक पहुँच भएका व्यक्ति मात्रै अध्यक्ष बन्ने उनको दाबी छ।

प्रस्तावित शिक्षा विधेयकमा एसइई परीक्षा खारेजको प्रस्ताव गरिएको छ। यता,सांसदहरू र विभिन्न सम्बन्धित पक्षहरूले एसइई खारेज गर्न नहुने सुझाव दिँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय